झ्याप्लेखोलाबाट २५ शव निकालियो

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

किभ  – युक्रेनले शुक्रबार मस्कोलाई दक्षिणी जापोरिज्जिया क्षेत्रमा नागरिक कारहरुमा  गोली हानेको आरोप लगाएको छ । यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ । 

यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताउनु भएको छ । 

    जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडी रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् । 

    भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, “किभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ ।’ 

    जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकहरुमाथि रकेट आक्रमण गरे’।‘मानिसहरू अस्थायी रूपमा कब्जा गरिएको इलाका छोड्न, आफ्ना आफन्तहरूलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए,’ उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

रासस÷एएफपी

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ४६ बजे