झ्याप्लेखोलाबाट २५ शव निकालियो

चिकित्सकको प्रेस्क्रिप्सनमा बन्यो भाइरल

​​​​​​​नयाँ दिल्ली – चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन्। डाक्टरहरूको पे्रस्क्रिप्सनको  मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् । 

 तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको  फोटोले सामाजिक  सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ। यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन् ।

यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो । नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी)मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन् ।

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त पे्रसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार डा नारायणन विगत तीन वर्षदेखि सीएचसीमा कार्यरत छन् । उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे । 

अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन् ।

एजेन्सी    

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : ३३ बजे