झ्याप्लेखोलाबाट २५ शव निकालियो

फिलिपिन्समा ‘नोरु’ आँधीबाट छको मृत्यु

फिलिपिन्स । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तशिाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको छ । 

टाइफुन नोरुले रुखहरु, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ । राजधानी मनिलानजिकै रहेको बुलाकान प्रान्तको सान मिगुएल नगरपालिकामा बाढीपीडित बासिन्दाहरूलाई मद्दत गर्न पठाइएका पाँच उद्धारकर्ताको मृत्यु भएको प्रान्तका गभर्नर ड्यानियल फर्नान्डोले बताउनु भएको छ । 

उनीलाई प्रान्तीय सरकारले बाढीग्रस्त क्षेत्रमा तैनाथ गरेको सान मिगुएलका प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नल रोमुआल्डो एन्ड्रेसले बताउनु भएको छ  । सोमबार फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले आँधीबाट प्रभावित मनिलाको उत्तरमा तीन प्रान्तको हवाई निरीक्षण गर्नुभएको छ । उहाँले क्षतिको जाँच गर्नको लागि नोरुले आइतवार दिउँसो ल्यान्डफल गरेको क्विजोन प्रान्तको पनि भ्रमण गर्नुहुने अपेक्षा गरिएको छ । नोरु यस वर्ष फिलिपिन्समा प्रवेश गर्ने ११ औं र सबैभन्दा शक्तिशाली आँधी हो । 
 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : २६ बजे