झ्याप्लेखोलाबाट २५ शव निकालियो

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

न्यूयोर्क [अमेरिका] । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवाहारको  अपेक्षा गरेका छन्।

"हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता वाहेका छौँ तथापि  यो  कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ" उनले भने।  भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।

"भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो," पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले महासभामा भनेका छन् । 

‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ ।  अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा  पनि हाम्रै हो ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७औँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शेहबाज शरीफले देशमा भरखरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन् । "यो बाढीमा ४०० भन्दा बढी बालबालिका सहित १५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।   बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन्। 

पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ  भने 
प्रकोपबाट झण्डै ८० लाख मानिस विस्थापित भएका छन्  । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : २७ बजे