झ्याप्लेखोलाबाट २५ शव निकालियो

ईयुले रुसमाथि थप प्रतिबन्ध लगाउने

लन्डन । युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ । 

युरोपेली युनियनका मन्त्रीहरूले बुधवारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका विदेश नीति प्रमुखले जानकारी दिनुभयो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले २७ राज्यहरूले नयाँ क्षेत्रीय र व्यक्तिगत उपायहरू लागू गर्ने राजनीतिक निर्णय गरेका जानकारी दिनुभयो ।

युरोपेली युनियनका मन्त्रीहरू युक्रेनलाई थप हतियार आपूर्ति जारी राख्न पनि सहमत भएका पनि उहाँले जानकारी दिनुभयो । एजेन्सी

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : २९ बजे