झ्याप्लेखोलाबाट २५ शव निकालियो

अमेरिकी आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु

लस एन्जलस ।संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ ।

एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।(रासस/सिन्ह्वा)

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : ०६ बजे