झ्याप्लेखोलाबाट २५ शव निकालियो

राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दै

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दे हुनुहुन्छ। महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा  निधन भएको थियो ।

राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले शनिबार महारानी एलिजाबेथ द्वितीयालाई  अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम  रहेको छ। दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुनेछ। 

यसै बीच उहाँहरू राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ ।
राष्ट्रपति बाइडेन र  प्रथम महिला जिल सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुने र सोही दिन अमेरिकाको लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको बताइएको छ। 
 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १ : १८ बजे