झ्याप्लेखोलाबाट २५ शव निकालियो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ ।  

रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीबार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो । 

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको ‘सन्तुलित अडान’का लागि धन्यवाद दिनुभएको छ । चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथापि दुवै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि, गत फेब्रुअरीमा आयोजित  शीतकालीन ओलम्पिक्सका क्रममा बेइजिङमा सी र पुटिनबीच भेट भएको थियो । एजेन्सी

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ३० बजे