झ्याप्लेखोलाबाट २५ शव निकालियो

पुटिन र सीबीच भेटवार्ता हुँदै : युक्रेन युद्धबारे छलफल हुने 

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध र अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमाथि छलफल गर्नुहुने भएको छ । 

दुवै नेता उज्बेकिस्तानमा आयोजित शिखर सम्मेलनमा भेट्दै हुनुहुन्छ । राष्ट्रपति सीले महामारी सुरु भएदेखि आफ्नो पहिलो विदेश यात्रामा हुनुहुन्छ । राष्ट्रपति सी आफ्नो तीन दिने यात्राको पहिलो दिन बुधवार कजाकिस्तानको राजधानी नुरसुल्तानमा अवतरण गर्नुभएको थियो ।

त्यसपछि उहाँ सामरकन्दमा सेप्टेम्बर १५ देखि १६ सम्म हुने सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तान जानुभएको थियो । एससीओको साइडलाइन बैठकमा उहाँले पुटिनसँग भेट गर्ने कार्यक्रम छ ।

पश्चिमासँग पुटिनको सम्बन्धमा तिक्तता आइरहेका बेला सी ऐतिहासिक तेस्रो कार्यकालको तयारीमा छन् ।  खोजिरहेका छन् जबकि श्री पुटिनको पश्चिमसँगको सम्बन्ध युक्रेनमा चट्टानमा छ ।

यसैबीच, रुसी राष्ट्रपति पुटिनले भारत, पाकिस्तान, टर्की र इरानी नेतासँग भेट गर्ने हुनुभएको छ । तर, चिनियाँ नेतासँगको उहाँको भेट ‘विशेष महत्त्वको हुने’ क्रेमलिनका विदेश नीति प्रवक्ता युरी उसाकोभले बताउनुभयो छ । उहाँले शिखर सम्मेलन ‘ठुलो राजनीतिक परिवर्तनको पृष्ठभूमिमा’ भइरहेको बताउनुभयो ।एजेन्सी

 

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ९ : ३८ बजे