झ्याप्लेखोलाबाट २५ शव निकालियो

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट पचहत्तर हजारलाई निकालियो

किएभ । युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजारभन्दा बढी सर्वसाधारणलाई  सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । युक्रेनी पुनर्मिलन मन्त्रालयका अनुसार डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब ३० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको युक्रेनी पुनर्निर्माण मन्त्रालयले जनाएको छ ।
 
डोनेट्स्क क्षेत्रका साथै रूस नियन्त्रित दक्षिण युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रबाट  ५० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको छ । युक्रेनले गत अगष्टदेखि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण थालेको हो । उपप्रधानमन्त्री इरिना भेरेश्चुकले  द्वन्द्वग्रस्त अन्य क्षेत्रबाटबाट पनि नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिने बताउनुभएको छ । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ५५ बजे