झ्याप्लेखोलाबाट २५ शव निकालियो

चीनमा भूकम्पमा परी सातको मृत्यु

बेइजिङ । पपुवा न्युगिनीमा हिजो आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी सात व्यक्तिको मृत्यु भएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।  यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका (सिईएनसि) थप जानकारी दिएको छ ।

उद्धारकर्ताहरु दुर्गम पहिरो प्रभावित समुदायहरुमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । 

भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।  अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन् ।  प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिनु भएको छ ।  तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ३५ बजे