झ्याप्लेखोलाबाट २५ शव निकालियो

क्यानडामा गोली चल्दा ३ जनाको मृत्यु

ओटाबा – एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रणकारी मारिएका छन् ।

‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने पीडितमध्ये दुई जनाको मृत्यु भएको उनले बताए । त्यस्तै, बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए । 

अधिकारीहरूले अझै पनि पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको उनले बताए । छिमेकी अमेरिकामा सामूहिक गोलीकाण्डको लहर पछि प्रधानमन्त्री जस्टिन ट्रुडोले हाते बन्दुकको स्वामित्वमा कडाइको तयारी गरेका छन् ।

एजेन्सी

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : २२ बजे