झ्याप्लेखोलाबाट २५ शव निकालियो

मलेसियामा एक दिनमा दुई हजार सात सय २० सङ्क्रमित

क्वालालम्पुर । आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।  

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार छ सय ५१ पुगेको छ भने ३५ हजार नौ सय १४ जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयले चार हजार १२ जना कोरोना मुक्त भएका छन् ।  यसैसँगै निको हुनेको कुल संख्या ४५ लाख ६७ हजार ४८५ पुगेको छ ।

त्यहाँ ४८ हजार २५२ सक्रिय सङ्क्रमित रहेका थिए । जसमा ५४ जनालाई  सघन उपचार केन्द्रमा राखिएका छन् । ३२ लाई सास फेर्न मद्दतको आवश्यकता परेको छ । 

देशमा आइतबार १२ हजार पाँच सय ८० खोपको डोज दिइएको र ८५.९ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज, ८४ प्रतिशतले पूर्ण खोप, ४९.५ प्रतिशतले पहिलो बुस्टर र ०.९ प्रतिशतले दोस्रो बुस्टर पाएका छन् ।
 
 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ३२ बजे