झ्याप्लेखोलाबाट २५ शव निकालियो

शेयर बजारमा उत्साह, ६१.०५ अङ्कले बढ्यो नेप्से

काठमाडौं। मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजारमा उत्साह देखिएको छ । आइतबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

शुक्रवार गिरावट आएको नेप्से मौद्रिक नीति आएपछि ६१.०५ अङ्कले बढेर २०७८.५१ बिन्दुमा पुगेको हो । 

आज शेयर बजारमा २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता शेयर किनबेच भएको छ भने कुल दुई अर्ब ७३ करोड नौ लाख २७ हजार २९७ रुपियाँ बराबरको कारोबार भएको छ । 

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा आज हरियाली छाएको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ७.२२ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य उपसमूह ६.९३ प्रतिशत, विकास बैंक ५.१ प्रतिशत, माइक्रोफाइनान्स र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपियाँको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्सको छ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपियाँको कारोबार भएको छ ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा चार करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै, २५ लाखभन्दा मुनिको शेयर ऋणमा जोखिमभार १५० बाट घटाएर एक सय कायम गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ३ : ५६ बजे