झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढ्यो 

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ । यससँगै सूचक २०४६.६६ विन्दुमा आएको छ ।

३ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ७१५ कित्ता सेयर कारोबार भएको छ । कुल २० वटा कारोबार भएको छ ।

१० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १२ : ४९ बजे