झ्याप्लेखोलाबाट २५ शव निकालियो

भारतमा एकै दिन थपिए १७ हजारभन्दा बढी कोरोना सङ्क्रमित 

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा एकै दिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । 

पछिल्ला दिनहरूमा भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ सङ्क्रमित थपिएका छन् । 

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ४९ बजे