झ्याप्लेखोलाबाट २५ शव निकालियो

आज मौद्रिक नीति आउँदै 

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । 

त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।

राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले आज बिहान सञ्चालक समितिको बैठक डाकिएको बताउनुभयो। उहाँका अनुसार आज नै मौद्रिक नीति आउने सम्भावना छ । 

गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालय समेत सम्हालिरहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसक्नुभएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ४४ बजे