झ्याप्लेखोलाबाट २५ शव निकालियो

स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

म्याड्रिड । अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिनुभएको हो । पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी रेकर्ड गरिएको छ । 

“ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।”

पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको  छ । 
 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ११ : २२ बजे