झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोषले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने

काठमाडौँ । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । 

शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागार्इंले हस्ताक्षर गर्नुभएको हो । 

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ ।  

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ४ : ४३ बजे