कोलम्बो । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।
प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १ : ३८ बजे
प्रतिक्रिया