झ्याप्लेखोलाबाट २५ शव निकालियो

श्रीलङ्कामा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

कोलम्बो । श्रीलङ्काको संसद्ले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ । 

आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि  आज संसद्मा मतदान हुँदै छ । 

राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व सङ्कट समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलङ्काका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।  

अभूतपूर्व आर्थिक सङ्कटका कारण महिनौँ देखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उहाँ माल्दिभ्स हुँदै सिंगापुर भाग्नुभएको थियो । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उहाँ निजी भ्रमणका क्रममा त्यहाँ आउनुभएको बताएका छन् । 

आज हुने निर्वाचनमा नयाँ राष्ट्रपतिका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गर्नुभएको छ । एजेन्सी

 

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : २७ बजे