झ्याप्लेखोलाबाट २५ शव निकालियो

इरान जाँदै पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेव्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने हुनुभएको छ । 

पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नुहुनेछ । 

भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने  टर्कीका एक अधिकारीले बताउनुभयो । युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय भ्रमण सीमित गर्नुभएको छ । 

जुनमा पुटिनले रुसी हमलापछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रामा ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नुभएको थियो।  युएसएसआरका पूर्व सदस्य दुबै देशमा  अधिनायकवादी शासन छ । दुबै देश रुसका सहयोगी हुन् ।

भ्रमणले पुटिनलाई पश्चिमी आर्थिक प्रतिबन्धबीच इरानसँग सम्बन्ध गाढा गर्ने अवसर प्रदान गर्नेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ३९ बजे