झ्याप्लेखोलाबाट २५ शव निकालियो

बढ्दो गर्मी र तातो हावाका कारण युरोपको जनजीवन प्रभावित

काठमाडौं । युरोपको पश्चिमी क्षेत्रमा बढ्दो गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । 

 तातो हावा उत्तर तिर लाग्दा आज (मङ्गलबार) थप गर्मी बढ्ने र तापक्रम थप बढ्न सक्ने बिबिसीले उल्लेख गरेको छ । 

हिजो (सोमबार) स्पेनमा तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो । 

बेलायत र फ्रान्समा पनि बढ्दो गर्मी कारण नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन भनिएको छ । 

बढ्दो गर्मी र तातो हावाका कारण ग्रिस, फ्रान्स, पोर्चुगल, स्पेनका धेरै ठाउँमा डढेलो लागेको छ ।  

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : १० बजे