झ्याप्लेखोलाबाट २५ शव निकालियो

विमानहरु आकाशमा ठोक्किँदा चारको मृत्यु

लस एन्जलस ।  संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाशमा ठोक्किँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

शुरुमा चार जनाको मृत्यु भएको जनाएको छ ।  दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ । पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : २१ बजे