झ्याप्लेखोलाबाट २५ शव निकालियो

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

ओटावा ।  क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ।

एजेन्सीका अनुसार क्युबेकमा  २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको  छ। मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको  बताइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ ।  

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : २२ बजे