झ्याप्लेखोलाबाट २५ शव निकालियो

श्रीलङ्काको यात्रा नगर्न यी देशले गरे आफ्ना नागरिकलाई अनुरोध

लन्डन । बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलङ्काको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । 

अभूतपूर्व आर्थिक सङ्कटबिच देशमा ठुलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलङ्काको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

टापु देश श्रीलङ्काले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ, जसले गर्दा औषधि, खाना पकाउने ग्यास, इन्धन र खाद्यान्न लगायतका आधारभूत आवश्यकताको अभाव छ ।

प्रदर्शनकारीले कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेको राजीनामा माग गर्दै बुधवार विशाल प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा एक विद्यार्थीको मृत्यु भएको छ । केही प्रदर्शनकारी प्रहरीको घेरा तोडेर प्रधानमन्त्रीको निवासमा पुगेका थिए । तर, प्रधानमन्त्री निवासमा छैनन् । 

बुधवार माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिंगापुर जाने अनुमान गरिएको छ । एजेन्सी

 

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ९ : ५८ बजे