झ्याप्लेखोलाबाट २५ शव निकालियो

११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो 

काठमाडौं – नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १०.५ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ३५ बजे