झ्याप्लेखोलाबाट २५ शव निकालियो

भारतमा एकै दिन १८ हजार कोभिड सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार २५७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै, कोरोनाबाट पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु  हुनेको सङ्ख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । 

कुल सङ्क्रमितको शून्य दशमलव ३० प्रतिशत सक्रिय सङ्क्रमित छन् । 

त्यसैगरी, कोभिड निको दर ९८ दशमलव ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड सङ्क्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । एजेन्सी

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ५४ बजे