झ्याप्लेखोलाबाट २५ शव निकालियो

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउँदै छ ।

गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बन्नुभएका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उहाँ आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लाग्नुभएको हो ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ । 

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्नुभएको थियो । 

नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)मा हस्ताक्षर गरिसकेको छ । तर, थप प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : २७ बजे