झ्याप्लेखोलाबाट २५ शव निकालियो

शिन्जो आवेको हत्या : सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीद्वारा स्वीकार

टोकियो । जापानको दक्षिणी सहर नारामा शुक्रवार गोली हानी मारिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । 

नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भन्नुभयो, “सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन ।”

एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारीले आवेमाथि गोली हानेका थिए । यस आक्रमणले जापानलाई गहिरो स्तब्ध बनाएको छ ।

माथिल्लो सदनका लागि पूर्व निर्धारित निर्वाचन आइतबार हुँदै छ । आवेको हत्या भएको दुई दिनपछि स्थानीय समयअनुसार बिहान ७ बजे मतदान सुरु भएको छ । 

उहाँको हत्याले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी(एलडीपी) को समर्थन बढ्न सक्ने अनुमान गरिएको छ । आवे एलडीपीका प्रमुख र अत्यधिक प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो  ।

शनिवार पनि सामान्यभन्दा कडा सुरक्षाका साथ प्रचार प्रसार जारी थियो । एजेन्सी

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : १७ बजे