झ्याप्लेखोलाबाट २५ शव निकालियो

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

जापान । गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन भएको छ । आबे ६७ वर्षका हुनुहुन्थ्यो ।  

जापानी सञ्चारमाध्यमहरूले आबेमाथि गोली प्रहार गर्ने सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष हुन् । उनी प्रहरी हिरासतमा छन्।

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो।आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला  आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उहाँको गर्दनमा लागेको थियो। गोली लागेपछि उहाँ भुइँमा ढल्नुभएकाे थियाे । उहाँको शरीर रक्ताम्मे देखिएको थियो। आबेमाथि गोली प्रहार गरेका आक्रमणकारीले भाग्न प्रयास गरेनन्। सुरक्षाकर्मीले तत्काल समाते।

जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्।स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।
 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ०१ बजे