झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सरकारले दिने सेवा सुविधाको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने वडाध्यक्ष गुरुङको घोषणा

गोरखा । आरुघाट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजीव गुरुङले सरकारले दिने सेवा सुविधा बापत पाउने रकमको २५ प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले वडाध्यक्ष भएबापत भत्ता र मासिक रूपमा पाउने पारिश्रमिक रकमको २५ प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने बताउनुभयो ।

“मैले वडाध्यक्षको उम्मेदवारी दिँदा पनि जनता सामु भनेको थिएँ, म वडाध्यक्ष भएँ भने सरकारले दिने सेवा सुविधाको केही प्रतिशत समाज सेवामै खर्च गर्छु भनेर त्यो बाचा पनि पुरा गरेको हुँ । अर्को कुरा मेरो अन्य केही व्यवसायहरू पनि छ । म नितान्त समाजसेवाका लागि वडाध्यक्ष भएको हो, जनताले दिएको मतले विजयी भएर जनप्रतिनिधि हुँदै गर्दा आएको सेवा सुविधाको हकदार आम जनता पनि हुन्, त्यसैले म उहाँहरूकै पक्षमा २५ प्रतिशत रकम पनि खर्च गर्नेछु” वडाध्यक्ष गुरुङले भन्नुभयो ।

वैशाख  ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँले आफूले पाएको सेवा सुविधाको २५ प्रतिशत हिसाब गरेर प्रत्येक ६ र ६ महिनामा एकमुस्ट समाज सेवामा खर्चिने बताउनुभयो ।

“अहिलेसम्म मैले सेवा सुविधा पाएको छैन । अब छिट्टै खातामा आउँला । प्रत्येक महिना दिने होइन,  ६ र ६ महिनामा एकमुष्ट हिसाब गरेर तत्कालीन समाजका लागि आवश्यक चौतर्फी योजनाहरू हेरेर, अवस्था हेरेर जहाँ वडाको बजेटले सम्बोधन गर्न नसक्ने अवस्था छ तर सम्बोधन नगरी हुन्न । त्यस्तो सामाजिक काममा खर्च गर्ने हो”, उहाँले भन्नुभयो ।

आफूले पाउने सेवा सुविधा समाज सेवामा खर्चिने घोषणा गर्दा भत्ता खान, पैसा कमाउन मात्रै जनप्रतिनिधि भएको भन्ने खालको महसुस जनताले नगर्ने उहाँको तर्क छ ।

“सामान्य सेवा सुविधा उपभोग गर्नु उचित भए पनि जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु उचित हुन्न भन्ने मलाई लाग्छ । फेरि सेवा सुविधा बापतको रकम समाजसेवामा खर्चिँदैमा मात्रै ठुलो काम गरेँ भनेर पनि बस्न हुन्न । हामी जनताको सेवा गर्न आएका हौँ, प्राप्त अधिकार र स्रोत साधनको भरपुर प्रयोग गरेर जनताका मनोभावना र चाहाना अनुसार उत्तरदायी भएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : २९ बजे