झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मध्यरातमा  मन्त्रालय छिरेर ७५० वस्तुको कर परिवर्तन गर्ने अर्का व्यक्ति भारतीय नागरिक

काठमाडौं । बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर करको दर हेरफेर गर्ने दुई व्यक्तिको पहिचान खुलेको छ । 

मध्यरातमा बजेट महाशाखा प्रवेश गरेर करिब ७५० वस्तुको कर परिवर्तन गर्ने व्यक्ति रघुनाथ घिमिरे र अर्का व्यक्ति भारतीय नागरिक उपेन्द्र हेरावत रहेको तथ्य खुलेको हो ।   

भारतीय नागरिक हेरावत नेपालकै ठूलो घारानाको कम्पनीमा लेखा परिक्षक (सिए) कोरुपमा कार्यरत  छन् । उनी त्यहि घरानाको निर्देशनमा करको दर हेरफेर गर्न बजेट महाशाखा पुगेका थिए ।  

मध्यरातमा करको दर हेरफेर गर्न पुगेका नेपालका ठूला व्यापारीक घरानाको तर्फबाट पूर्व नायब सुब्बा रघुनाथ घिमिरेसमेत पुगेका थिए । उनको पहिचान खुलेपनि अर्का व्यक्तीकोे पहिचानलामो समय रहस्यमै थियो ।  

आगामी आर्थिक वर्षको बजेटमा दुई जना अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेपछि बुधबार अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा  दिइसकेका छन् । यस प्रकरणबाट बच्न यस अघि अर्थमन्त्री शर्माले उक्त दिनको सिसिटिभि फुटेज डिलट गराएको आरोप छ ।  शर्मामाथि छानविन गर्न  बुधबार नै संसदले छानविन समिति  गठन गरेको छ । 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : ४२ बजे