झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रतितोला रु १ हजार ६०० ले घट्यो सुनको मूल्य

काठमाडौँ  । ​​​​​​​सुनको मूल्य  प्रतितोला रु एक हजार ६०० रुपैयाँल घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला रु ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यता, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ०१ बजे