झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

श्रीलङ्काको सङ्कट अझै एक वर्ष रहन्छ : प्रधानमन्त्री विक्रमासिंघे

कोलम्बो । श्रीलङ्का टाट पल्टिएको र यहाँको आर्थिक सङ्कट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ । 

संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिनुभएको हो । 

सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौँसम्म चलेको मुद्रास्फीति र लामो विद्युत् कटौती झेलिरहेका छन् ।

कुनै बेलाको समृद्ध देश श्रीलङ्का यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उहाँले बताउनुभयो । “हामीले सन २०२३ मा पनि कठिनाइहरूको सामना गर्नुपर्नेछ”, प्रधानमन्त्रीले भन्नुभयो, “सत्य यही हो ।”

उहाँले श्रीलङ्का टाट पल्टिएको देशको रूपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको जानकारी दिनुभयो । विदेशी मुद्रा संञ्चितको अभावमा श्रीलङ्कामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन । अहिले देशमा पेट्रोलको चरम सङ्कट छ । इन्धन सकिएपछि विद्यालय बन्द छन् भने निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

८० प्रतिशत जनताले खाद्यान्न अभाव सामना गरेको संयुक्त राष्ट्रसङ्घको अनुमान छ । एजेन्सी

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : ३१ बजे