झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

इन्डोनेसियामा डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता

जाकार्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा  ९माछा मार्ने व्यक्ति० बेपत्ता भएका छन् ।डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरु गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका छन् ।उनका अनुसार मङ्गलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो । उक्त डुंगा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।
उद्धार कार्यमा खटेका अधिकारीहरुले दिएको जानकारी अनुसार उनीहरु आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार सो डुंगामा कम्तीमा पनि २५ जना नागरिक रहेका थिए ।

तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरु १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरु जिवीतै भेटिने सम्भावना भने अब नरहेको अधिकरीहरुले जनाएका छन् । 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ३५ बजे