झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट सङ्क्रमित

भेन्टियान । लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् ।

 भाइरसका कारण आठ जनाको मृत्यु भएको  पनि लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रको सोमबारको प्रतिवेदनअनुसार लाओसको राजधानी भेन्टियानमा सबैभन्दा बढी ३ हजार १९३ जना डेंगुका बिरामी फेला परेका छन्।

लाओ स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई डेंगुको फैलावट रोक्न मद्दतको लागि उनीहरूको घर र कार्यस्थल वरपरको सम्भावित लामखुट्टे प्रजनन हुनसक्ने ठाउँहरू  विशेष निगरानी राख्न अनुरोध गरेको छ ।  
 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ०० बजे