झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

भारतमा एकै दिनमा सङ्क्रमितको सङ्ख्या सोह्र हजार भन्दा बढी

नयाँदिल्ली । आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १६ हजार १३५ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २४ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २२३ को मृत्यु भएको छ । 

हाल भारतमा एक लाख तेह्र हजार ८६४ सक्रिय सङ्क्रमित रहेका छन् । गत केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा भएको छ ।  

पछिल्लो एक दिनमा १३ हजार ९५८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ७९ हजार ४७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ । 

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड १० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । 
 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : ४६ बजे