झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

दक्षिण पश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार  एक यात्रुबाहक बस खाल्डोमा खस्दा कम्तीमा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो । तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो ।  
उक्त दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ  ।  केही घाइतेको अवस्था गम्भीर भएकाले थप मृत्यु हुने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ ।  

देशको राजधानी इस्लामाबादबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बसमा ३० भन्दा बढी यात्रु सवार थिए ।  

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ०५ बजे