झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ ।

युक्रेन भ्रमणमा रहनु भएका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गर्नु भएको जनाइएको छ ।  

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो ।

नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थियो ।  

भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेनेक्सीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उहाँले सुरक्षा, राजनीतिक र मानवीय सहयोग नर्वेले गरेको स्मरण गर्नु भएको थियो ।

प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गर्नु भएको र अन्य विभिन्न व्यक्तिहरूसँग पनि सामान्य छलफल गर्नु भएको थियो । 

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : ४६ बजे