झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

क्यानडामा मंकीपक्सका २७८ बिरामी

क्यानडा । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मंकीपक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । 

ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू  दर्ता  भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् ।  मंकीपक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने  बताइएको छ ।
 
उनले भनिन् जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९  उमेर समूह भित्रका छन् ।  

यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।  

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : २६ बजे