भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

आज आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै सरकार

काठमाडौँ । सरकार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आज ल्याउँदै छ । हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

आइतबार दिउँसो ४ः०० बजे अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नुहुनेछ । 

बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ । 

योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो । 

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ७ : ३३ बजे