भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

असिनाले तरकारी र मकै बाली नष्ट

मुग्लिन। चितवनको  इच्छाकामना  गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको  बालीमा  क्षति पु¥याएको हो ।बेच्ने  बेला  भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका  राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु एक लाख ५० हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको बताउनुभयो ।

एकदिन अघि मात्र केही काँक्रो बेच्न भ्याउनुभएका प्रजाले धेरैजसो बाँकी रहेको काँक्रो असिनापानीले नष्ट गरिदिएको  गुनासो गर्नुभयो । 
उहाँले भन्नुभयो, “हिजो मात्र केही बेचेँ धेरैजसो काँक्रो बेच्न बाँकी  नै  थियो,  सबै नष्ट भयो,  बेच्ने बेला  भएको काँक्रो, बोडी, सिमी र खुर्सानी  गरी रु एक लाख ५० हजार बढी मूल्य  बराबरको तरकारी बाली नष्ट भएको छ ।”   कृषक प्रजाका अनुसार मायाटार र दुम्किम गाउँमा रहेका ४५ घरधुरीमध्ये २५ भन्दा बढी परिवारले तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट जीवन निर्वाह गर्दै आएका किसान  चिन्तित बनेका  छन् । असिना पानीले मकै बाली पनि नष्ट गरेकाले चाँडै  अनिकाल  लाग्ने उहाँले  बताउनुभयो । 
प्रजाले  भन्नुभयो, “राम्रोसँग मकै खेती हँुदा छ महिनासम्म खान  पुग्थ्यो तर यस पटक  चाँडै अनिकाल लाग्ने  भयो, घोगा लागेको धेरैजसो मकै नष्ट भएको छ, दुई  महिनामै अनिकाल लाग्ने भएको छ । ”

गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले अहिलेसम्म गाउँपालिकाभरका किसनाले लगाएको तरकारी र मकैबालीमा असिना पानीले कति क्षति पु¥यायो  भन्ने  एकीन तथ्याङ्क आइनसकेको बताउनुभयो । अहिले  कहाँ कति क्षति भयो किसानसँग सम्पर्क गर्ने काम भइरहेको  उहाँको भनाइ थियो ।  शाखाप्रमुख घिमिरेले गाउँपालिकाले बजेटको व्यवस्था गर्दा  पनि किसानले तरकारी बालीको बीमा गर्न रुचि नदेखाउँदा समस्या भएको  बताउनुभयो । तरकारी बालीका लागि प्रक्रिया  झझन्टिलो हँुदा बीमा गर्न किसान र  बीमा कम्पनीले नै चासो नदेखाएको  उहाँले जानकारी दिनुभयो ।

शाखाप्रमुख घिमिरेले भन्नुभयो, “हामीले  अभियान नै  चलायौँ, गत वर्ष  गाउँपालिकाले नै केही बजेटको व्यवस्था पनि गरेको  थियो, बीमा गर्ने भनिएका सम्बन्धित  बीमा कम्पनी नै  आएनन् , तरकारी बालीको बीमा गर्न पशुमा जस्तो सजिलो  छैन, त्यस कारणले  किसान र बीमा कम्पनीले चासो नदेखाएका  हुन ।” गाउँपालिकाका अधिकांश किसान तरकारी र मकैबालीमा निर्भर छन् ।   
 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : १३ बजे