युएई र टर्कीबाट दश महिनामा नेपाल आयो ४२ सय ४८ केजी सुन, बाहिरियो ३० अर्ब रुपैयाँ 

काठमाडौं । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन भित्रिएको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो । 

सो मूल्यमा ४ हजार २४८।५ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । 

नेपालमा युनाईटेड अरब इमिरेट्स ९युएई० र टर्कीबाट सुन आउने गरेको छ । 

विभागको तथ्याङ्क अनुसार पछिल्लो दश महिनामा युएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । यस्तै, सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल आएको छ । 

गत आर्थिक वर्ष २०७७र७७ मा युएई र टर्कीबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५१ हजार रुपैयाँको ३ हजार ९२४ केजी सुन भित्रिएको थियो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  २ : १४ बजे