सरकारले इन्धनको मूल्य प्रतिलिटर १० रुपैंया बढायो,ग्यास प्रति सिलिण्डर २ सयले बढ्यो

​​​​​​​काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । 

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन(आन्तरिक)मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । 

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : २३ बजे