दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक   

काठमाडौँ   ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ ।    

त्यस्तै ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अङ्कले उकालो लागेर ४५६.६६ अङ्कमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम मङ्गलवारको तुलनामा सामान्य वृद्धि भएको छ ।

कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर रु दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ मूल्यमा खरिद बिक्री भए ।    

बुधवारको कारोबारपछि बजार पुँजीकरण रु ३३ खर्ब ७० अर्ब सात करोड ४५ लाख १० हजार बराबर पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । 

बैङ्किङ २३.३७, व्यापार २१.१५, होटल तथा पर्यटन ५२.७९, विकास बैङ्क १५०.७३, जलविद्युत् १३०.३४, वित्त ७४.२, निर्जीवन बीमा २४३.७४, उत्पादन ७०.०२, अन्य ३१.७७, लघुवित्त १५३.८९, जीवन बीमा २१७.१७, सामूहिक लगानी कोष ०.१३ र लगानी २.२७ अङ्कले उकालो लागेको छ ।  

 कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भयो । 

न्यादी ग्रुप अफ पावर रु आठ करोड ७३ लाख ४१ हजार ४४९, राधी विद्युत् कम्पनी रु सात करोड ६२ लाख ६७ हजार २३१, शिवम् सिमेन्ट रु छ करोड ७५ लाख ८८ हजार ४३७ र नेशनल हाइड्रोपावर रु पाँच करोड ८० लाख ६२ हजार ६९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नौ कम्पनीको शेयर मूल्यमा सर्किट    
 नेप्सेका अनुसार कारोबार भएका विभिन्न कम्पनीमध्ये आज नौ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यसमा, नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावर र वरुण हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।    

 त्यस्तै, सानिमा बैङ्कको ऋणपत्र १.६३, सानिमा इक्विटी फण्ड १.५१, लक्ष्मी उन्नति कोष १.४८, नेष्डो समृद्धि लघुवित्त १.०२ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०.४७ अङ्कले गुमाए ।     

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : २४ बजे