झ्याप्लेखोलाबाट २५ शव निकालियो

आलमको मुद्दा ‘हेर्दाहेर्दै’

काठमाडौँ / सर्वोच्च अदालतमा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा अर्को शुक्रवारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

नेता आलमलाई २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटा भट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा रहेको छ ।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुग्नुभएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ०८ बजे