औद्योगिक क्षेत्रमा लोडसेडिङ हुँदा व्यवसायिक संस्था किन मौन ?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक १८ घण्टा भन्दा बढि लोडसेडिङ सुरु गरेको छ।

औद्योगिक क्षेत्र संकटमा पर्दा समेत व्यवसायिक संस्था मौन रहनु गलत भएको नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले बताएकी छिन् । दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदा पनि कोही नबोल्नु दु:खद भएको बताएकी छिन् ।

कोरोना महामारीका कारण थलिएको औद्योगिक क्षेत्र बल्लतल्ल उत्रिन लागेको समयमा पुनः लोडसेडिङ हुँदा थप समस्या थपिएको बताईन् । पहिलेकै ऋणको साँवा ब्याज तिर्न सकेको छैन, बजारमा उद्योगका लागि आवश्यक पैसा छैन र त्यसमाथी ब्याजदर समेत उकालो लाग्दा कोही बोल्न नचाहनु दु:खद भएको बताईन्।

सरकारले उद्योगलाई प्राथमिकतामा राखेर बिजुली नदिए व्यापार घाटा अझै बढ्ने राणाले बताईन् । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महँगो शुल्क तिरेर भएपनि बिजुली दिने प्रतिवद्धता जनाएका थिए तर उनले त्यो प्रतिवद्धता पूरा गर्न सकेनन् र बुधबारबाट लोडसेडिङ नै घोषणा गरे ।

प्राधिकरणले बुधबारबाट औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्न थालेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ०५ बजे