भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बेइजिङमा वर्षा र हिमपात

बेइजिङ – चीनको संघीय राजधानी बेइजिङमा वर्षा र हिमपात भएको छ । 

वर्षा र हिमपातका कारण तापक्रम पनि घटेर १३ डिग्री सेल्सियसमा झरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

हिमपात विषेश गरेर पहाडी क्षेत्रमा धेरै परेको छ । राजधानीको उत्तरी क्षेत्रबाट चियो वायु चलेको पनि मौसम विज्ञान विभागका अधिकारीहरूले जनाएका छन् ।  

बुधबार राती पनि वर्षा हुने र बिहीबार र शुक्रबारदेखि तापक्रम विस्तारै फेरि बढ्दै जाने उनीहरूले अनुमान गरेका छन् ।  

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १० : २६ बजे