झ्याप्लेखोलाबाट २५ शव निकालियो

ट्रक र जिप ठोक्किँदा बारामा एक जनाको मृत्यु

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गए राति ट्रक र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षीय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

गए राति पौने १० बजे लु२ख १९४२ नम्बरको ट्रक र ना५च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : १४ बजे